बुद्ध जयन्तीको अबसरमा नेविसंघ मकवानपुरले गर्यो हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन
मकवानपुर १७ बैसाख । नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा २५६२ औं बुद्ध जयन्तीको अबसर पारी हेटौंडामा दिप प्रज्वलन दिप प्रज्वलन गरीएको छ । हेटौंडाको बुद्ध चोकमा दिप प्रज्वलन गरीएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा काग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, हेटौँडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण हेटौँडा नगर सभापति सुनिल गीरी , लगाएतको सहभागिता रहेको थियो ।
शान्तिका दुत गौतम बुद्धको जन्म जयन्तीको अवसरमा आयोजित दिप प्रज्वलनबाट सम्पुर्ण नेपाल र नेपालीलाई शान्ति मिल्ने आशा राखिएको आयोजक टिमको भनाई छ ।
