यूरोप भ्रमणमा रहेका पूर्वमन्त्री ढकाल र कोसोवोका पूर्व राष्ट्रपति फट्मिर सेज्दिउबीच भेटवार्ता

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार २०:२४

मकवानपुर १७ बैसाख । युरोप भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले विभिन्न राष्ट्रका नेताहरुसँग भेटवार्ता गरेका छन्। ढकालले अस्ट्रियाको भियनामा कोसोवोका पूर्व राष्ट्रपति महामहिम फट्मिर सेज्दिउसँग अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा छलफल समेत गरीएको स्रोतको जानकारी छ ।

भेटकै क्रममा कोरियाली प्रायदिपको स्थायी शान्तिको लागि उत्तर र दक्षिण कोरियाबीच भएको शिखर वार्ताको पनि दुवै नेताले स्वागत गरेको ढकालको भ्रमण दलका सदस्य मनोज सुर्खेतीले जानकारी दिए। भियनामा ढकालले युरोपियन युनियन, कोरियन, जापानिज, रसियन लगायत देशका कुटनीतिकज्ञहरुसँग पनि भेट तथा छलफल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*