एमाले बाराको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
पथलैया १७ बैसाख । नेकपा एमाले बाराको आयोजनामा बारा जिल्लाको बिकास र समृद्धिका लागि एक दिवसिय अन्तरक्रिया छलफल कार्यक्रम पथलैयामा सम्पन्न भएको छ ।
एमाले प्रदेश संगठन कमिटीले गठन गरेको कार्यदल र जिल्ला स्तरीय अगुवा कार्यकर्ताको बिचमा अन्तरक्रिया छलफलको आयोजना गरीएको हो । कार्यक्रममा बारा जिल्लामा सन्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाहरु ९राजधानि जोडने द्रुत मार्ग,दोश्रो अन्तराष्ट्रिय बिमान स्थल, बिशेष आर्थिक क्षेत्र सेज० समयमा सम्पन्न हुनु पर्नेमा जोड दिइएको थियो ।
यसका साथै बारा जिल्ला कृषि,पर्यटनका हिसाबले अत्यन्तै सम्भावना रहेको निष्र्कष निकाल्दै तरकारी,माछा र उखु जोन घोषणा गर्न माग गरीएको छ । बारा जिल्लाको दक्षिणी क्षेत्रका जनताको लाइफ लाइनको रुपमा रहेको कलैया बन्कुल गण्डक सडक निर्माणका लागि यसै बर्ष बाट बजेट बिनियोजन गरी निर्माण कार्य सुरु गर्न र जिल्लाको सडक सन्जाल बिस्तार गर्न माग गरीएको छ ।
त्यसका साथै जिल्लाको स्वास्थ्य र शिक्षाको अवस्था कमजोर रहेकोले सुधार गर्नु पर्ने निष्र्कष निकालेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिए । जिल्ला कमिटिका अध्यक्ष सुन्दर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवम कार्यदल संयोजक बंसिधर मिश्र, केन्द्रिय सदस्य सुमन प्याकुरेल, बलबिर चौधरी, पुर्व मन्त्रि पुरुषोत्तम पौडेल लगायतले जिल्लाका चौतर्फि विकामा सकैको साझा पहल हुन आवश्क रहेको बताएका थिए ।
नेकपा एमालले प्रदेश नम्बर २ लाई सम्बृद्ध र सबल बनाउनका लागि ८ ओटै जिल्लामा रहेका समस्या र गर्नुपर्ने कामको छनौट गर्न बंशी मिश्रका संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
