समाचार

सरकारको पटक पटकको मूल्यवृद्धि विरुद्ध तरुण दलको प्रदर्शन

पोखरा ७ असार । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध ¥याली निकालेको छ । पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका...

सूचना लुकाउने कर्मचारीमाथि कडा कारबाहि हुन्छ : प्रमुख आयुक्त बास्कोटा

भक्तपुर ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कर्मचारीमाथी कडा कारबाही हुने बताएका छन् । पत्रकार महासंघ भक्तपुरले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए...

खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काएपछि ५४१ घर अध्यारो

खोटाङ ७ असार । बर्खा सुरुभएसंगै लगातारको बर्षाको कारण खोटाङ्मा रहेको हाइड्रोपावर बगाँउदा खोटाङका स्थानीय बासिन्दाहरु हाल अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । साविकको...

कञ्चनपुरमा केराका बिरुवा बचेर १० लाख आम्दानी गर्दै राना

कञ्चनपुर ७ असार । बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् । नर्सरीमा ३ लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गरेका छन् । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गरे...

नेपाली कांग्रेसको जिल्ला भेलामा आज १७ जिल्लाका सभापतिहरुको धारणा प्रस्तुत,बन्दशत्र २ बजेबाट सुरु

मकवानपुर ७ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा दोश्रो दिनको विहानी वन्दशत्रमा १७ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा राखेका छन् । जिल्ला सभापतिहरु क्रमश ओखलढुंगाका प्रदिप कुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ्ग लामा,मनाङका टेकबहादुर गुरुङ, काठमाडौंका कृष्ण सवुज बानियाँ,डोटीका प्रदिप देउवा,सल्यानका गणेश चन्द, झापाका उद्वव थापा, हुम्लाका जयपति...

वीपी विचार समाज मकवानपुरद्वारा वीपी स्मारिका २०७५ विमोचन

मकवानपुर ७ असार । वीपी विचार समाज मकवानपुरद्वारा वीपी स्मारीका २०७५को आज विहिबार विमोचन गरीएको छ । स्मारिका विमोचन समारोहमा नेपाली काग्रेसका महामन्त्री डाक्टर शशाङ कोइरालको प्रमुख आतिथ्ता तथा नेपाली काग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,विपी समाज मकवानपुरका वरिष्ठ सल्लाहाकार माइकल रामचन्द्र अर्याल, विपी समाज मकवानपुरका सल्लाहाकार तथा मकवानपुरका...

नवोदय शिशु सदन हेटौंडामा आज टेबुल टेनिस प्रतियोगिता हुने

मकवानपुर ७ असार । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन बोर्डिङ स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज विहीबारबाट एकल टेबुल टेनिस प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी तीनदिनसम्म विद्यालयमै सञ्चालन हुने प्रतियोगितामा सामूदायिक तथा नीजि विद्यालयका मावि तथा आधारभूत गरी दुई तहमा प्रतियोगिता गराईने विद्यालयले जनाएको...

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, चीन, ७ असार । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन...

राष्ट्रपतिद्धारा पाकिस्तानी सेनाध्यक्षसंग भेट

मकवानपुर ७ असार । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइ् महमुदबिच भेटबार्ता भएको राससले जनाएको छ । प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका...

नेपालको यस्तो ठाँउ जहाँ पहिलोपटक बस पुग्यो

पाल्पा ७ असार । पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख ७७७६ नंका बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याएका हुन् स्थानीयवासीले हर्षित हँुदै बसका चालकलाई फूलमालाले स्वागत...