राप्तीरोडमा पार्किङ रोक्न पाईन्न–मउवा संघ

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार ०८:४८

हेटौँडा, २२ असार । हेटौँडा उपमहानगरपालिकाले राप्तीरोड क्षेत्रमा पार्किङ निषेध गरिएपछि मकवानपुर उधोग बाणिज्य संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालले बिहीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै विभिन्न बिकल्प हुँदाहँुदै पनि राप्तीरोडलाई पार्किङ निषेध गर्नु नगरपालिकाको गलत निर्णय भएको उल्लेख गरिएको छ । पार्किङको उचित ब्यवस्थापनका लागि संघ समेत सघाउन तत्पर रहेको भन्दै ठूला सवारी साधन दिनको समयमा हेटौंडाको मुख्य सडकमा संचालनमा रोक लगाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तिका थप कुराहरु–

प्रदेश ३ को राजधानी कायम भईसकेपश्चात हेटौंडा नगरको चहलपहल राम्ररी बढ्दै गईरहेको अनुभूति गर्न सकिन्छ । बजार विस्तार हुने क्रम बढे संगसंगै यातायातको चाप पनि त्यसैगरी बढेको पनि हामीले भोग्न थालेका छौं । संघले हेटौंडा उपमहानगरपालिका कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसंगको सहकार्यमा नगरको ट्राफिक व्यवस्थापनमा पनि उल्लेखनीय सहयोग पु¥याउँदै आएको पनि छ । कार्यालय समयमा अत्याधिक सवारी जाम हुन नदिन संघकै पहलमा लोडिङ्ग अनलोडिङ्गकोलागि निश्चित समय तोकि सहजीकरण हुँदै पनि आएको छ ।

नगरवासीहरुले बजारबाट सरसामान खरिद गर्न नगरका तोकिएका स्थानमा एकतर्फि रुपमा आप्mना दुईपांग्रे सवारी साधनहरु राख्दै आएका पनि छन् । यसरी एकतर्फि रुपमा दुईपांग्रे सवारी साधन राख्दा आजको दिनसम्म पनि ट्राफिक जाम भएको हामीले भोगेका छैनौं । मुख्यतः ठूला तथा भारी सवारी साधनहरुलाई जिल्ला प्रहरी कार्यालयबाट बसपार्क हुँदै बाईपास मार्गबाट लैजाँदा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न त्यति धेरै समस्या नभएको अवस्थामा हाल ठूला तथा भारी सवारी साधनहरु नगर क्षेत्रभित्रैबाट ओहोरदोहोर गरिदिंदा बजारका मुख्य सडकहरुमा ट्राफिक जाम हुन थालेको हामीले पाएका छौं । बजार क्षेत्रबाट ठूला तथा भारी सवारी साधनहरुलाई तोकिएको समयभन्दा बाहेक प्रवेश निषेध गर्न सके ट्राफिक व्यवस्थापन सहजै हुन सक्ने देखिन्छ । वर्षाको समयभन्दा बाहेकको अवस्थामा हेउमनपा, जिसस, डिभिजन सडक कार्यालय र संघको संयुक्त पहलमा निर्माण गरिएको चौकिटोलदेखि राप्तीपुल हुँदै रातोमाटे निस्कने बैकल्पिक मार्ग स्तरीकरण गरी संचालन गर्न सके नगरको ट्राफिक व्यवस्थापन थप सहज हुने देखिन्छ ।

यति धेरै विकल्पहरु हुँदाहुँदै पनि हेटौंडा उपमहानगरपालिकाबाट विगत २–४ दिन अघिदेखि राप्तीरोडमा पार्किङ्ग निषेध गर्ने कार्य गरेको प्रति संघको ध्यानाकर्षण भएको छ । व्यवस्थित पार्किङ्गको उचित व्यवस्थापन नहुँदै अस्पताल, ब्लड बैंकदेखि औषधी पसलजस्ता अत्यावश्यक सेवा प्रदायक संघसंस्थाहरु रहेको राप्तीरोड क्षेत्रमा यसरी एउटा दुईपांग्रे समेत रोक्न नपाउने गरी आएको यो कदमले सो क्षेत्रका व्यवसायीहरुलाई मात्र नभई आम सर्वसाधारणलाई पनि अत्यावश्यक सेवा तथा सरसामानहरु खरिद गर्न समस्या पर्न गएको छ । एकतर्पिm रुपमा व्यवस्थित गरी बजारमा दुईपांग्रेसम्मका सवारी साधन रोक्न पाउनुपर्ने व्यवसायीसंगसंगै आम सर्वसाधारणको पनि माग यस संघमा आएकोले सोही बमोजिम हुने व्यवस्थाकोलागि यस संघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यो प्रेस विज्ञप्ति जारी गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*