भिमफेदी गाउँपालिकाको सूचना अब डिजिटल बोर्डमा
भिमफेदी, २२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा सुचना प्रवाह गर्न डिजिटल बोर्ड जडान गरिएको छ । गाउँपालिकाको सबै प्रकारका सुचनाहरु डिजिटल बोर्डमा राखेर गाउँपालिकाबासीहरुलाई सहज बनाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
प्राविधिक शाखाले गाउँपालिकाको सम्पूर्ण सुचना डिजिटल मेसिनबाटै प्रशारण गरेको प्रमुख प्रशासकिय अधिकृत जीवन कुवँरले बताए । डिजिटल बोर्ड अध्ययन गर्न असहज हुनेहरुका लागि नागरिक वडापत्र समेत निर्माण गरिने बताइएको छ ।
