इमाडोल नरपालिकामा खानेपानी योजना शुरु
ललितपुर, २१ असार । महालक्ष्मी नगरपालिकामा झण्डै चार वटा वडालाई लक्षित गरेर खानेपानी बृहत् योजना शुरु भएको छ ।
गोदावरी खोलाको पानी ठूलो ट्याङ्की बनाएर संकलन गर्ने र त्यहीँबाट घरघरमा वितरण गर्ने योजना रहेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ शेर्पाले बताएका छन् । झण्डै पाँच महिनामा काम सक्ने गरेर काम अघि बढेको हो ।
महालक्ष्मी नगरपालिका र वडा नं १ को सहयोगमा काम अघि बढिरहेको हो । वडा नं १ को पूरै क्षेत्र वडा नं २, ३ र ४ को आंशिक क्षेत्रका बासिन्दा यस योजनाबाट लाभान्वित हुनेछन् । ट्याङकीको क्षमता तीन लाख २५ हजार लिटर रहेकोे छ । पहिलो चरणमा पानीको संकलन र दोस्रोमा वितरण हुने अध्यक्ष शेर्पाले बताए।
