समाचार

नेपाल स्काउटको ६७ औँ स्थापना दिवसमा यस्तो देखियो (फोटो फिचर)

मकवानपुर, ०६ असार । नेपाल स्काउटको सुरुवात वि.स.२००९ साल असार ५ गते भएको अवसरमा ६७ औं स्थापना दिवस मकवानपुरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका उपलक्ष्यमा जिल्ला स्काउट कार्यालय मकवानपुरले मंगलबार वृक्षारोपण कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । हेरौँ केही तस्बिर–        

६७ औँ नेपाल स्काउट स्थापना दिवसमा मकवानपुरमा वृक्षारोपण र सम्मान

मकवानपुर, ०६ असार । नेपाल स्काउटको सुरुवात वि.स.२००९ साल असार ५ गते भएको अवसरमा ६७ औं स्थापना दिवस मकवानपुरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका उपलक्ष्यमा जिल्ला स्काउट कार्यालय मकवानपुरले मंगलबार वृक्षारोपण कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । नेपाल स्काउट मकवानपरका जिल्ला आयुक्त बेली थापाको...

गोली हानी हत्या गरिएका थपलियाको १३ औं स्मृति दिवस हेटौँडामा मनाइयो

हेटौँडा, ०६ असार । जनयुद्धकालमा अज्ञात समूहद्धारा गोली हानी हत्या गरिएका तत्कालीन चुरियामाई गाउँ विकास समितिका उपाध्यक्ष मीनबहादुर थपलियाको १३ औं स्मृति दिवस मंगलबार हेटौँडामा मनाइएको छ । मीनबहादुर थपलिया स्मृति प्रतिष्ठानको आयोजनामा स्मृति सभा एवम् विद्यालय पोषाक वितरण कार्यक्रम गर्दै स्मृति दिवस मनाइएको हो । प्रतिष्ठानका अध्यक्ष बालकृष्ण...

मनहरीका फरार युवक १८ वर्षपछि पक्राउ

मकवानपुर, ०६ असार । जिल्ला अदालत मकवानपुरले वि.सं. २०५७ कात्तिक २ गतेको फैसलाले लागुऔक्षध चरेश–गाँजा मुद्धामा दोषी ठहराई फरार रहेका एक युवकलाई प्रहरीेले १८ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का ३१ वर्षीय कुलबहादुर बल भन्ने अबिदन बललाई मंगलबार पक्राउ गरेको हो ।...

वाणिज्य संघद्वारा आयोजित बिदाई कार्यक्रममा एसपी श्रेष्ठको चर्चा

हेटौँडा, ०६ असार । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मकवानपुरका प्रहरी प्रमुखको बिदाई कार्यक्रममा एसपी लोकेन्द्र श्रेष्ठको राम्रा कामहरुको चर्चा गरिएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठले छोटो अवधिमा हेटौँडामा अपराध न्यूनिकरणमा पु¥याएको सहयोगकालागि धन्यवाद दिएका थिए । हराएका...

उद्योग वाणिज्य संघका सदस्यहरुलाई छुटैछुट, औँषधिपछि अब होटलमा पनि छुट

मकवानपुर, ०५ असार । मकवानपुर उद्योग वाणिज्य संघका सदस्यहरुलाई विभिन्न सेवामा छुटको व्यवस्था गरिएको छ । सदस्यहरुले केही समय अगाडि औँषधिमा छुटको व्यवस्था गरिएको छ । अब संघका सदस्यहरुलाई होटलमा समेत छुटको व्यवस्था गरिएको छ । संघका सचिव विष्णुगोपाल महर्जनको अध्यक्षता होटल एशोशियसन तथा विभिन्न होटल व्यवसायीहरुबीच मंगलबार भएको...

हेटौँडा आएर देउवाले भने–‘ आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउँछु’

मकवानपुर, ०५ असार । नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । आज मकवानपुरको हेटौँडामा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरेका हुन् । ‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति...

काँग्रेसको केन्द्रीय समिति बैठक आज हेटौँडामा हुँदै

मकवानपुर, ०४ असार । यही असार ५ गते अर्थात भोलिदेखि हुने काँग्रेसको जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा आज साँझ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेलालाई व्यवस्थित र परिणामुखी बनाउनका लागि आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी...

मकवानपुरे राष्ट्रियसभा सदस्य राईको कार्यकाल ६ वर्ष, बिडारीको ४ वर्षमै समाप्त हुने

मकवानपुर, ०४ असार । मकवानपुरका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रामचन्द्र राई र रामनारायण बिडारीको कार्यकाल क्रमशः ६ वर्ष र ४ वर्ष कायम गरिएको छ । आज भएको गोलाप्रथाबाट राईको पद ६ वर्ष र बिडारीको ४ वर्ष कायम भएको हो । राष्ट्रिसभाको सबै सदस्यहरुको कार्य अवधिका लागि आज गोलाप्रथा भएको...

हेटौँडामा खैलाबैला, छोटो कार्यकालमै मकवानपुरका एसपी श्रेष्ठ र डिएसपी झाको सरुवा

हेटौँडा, ०४ असार । मकवानपुरका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठ र डिएसपी दिलिपराज झाको छोटो कार्यकालमै सरुवा भएको छ । एसपी श्रेष्ठको ४२ दिन तथा डिएसपी झाको ११ महिनामा नै सरुवा भएको हो । सरुवा हुँदै गर्दा एसपी श्रेष्ठले आफ्नो कार्यकालको कार्य प्रगति समेत सार्वजनिक गरेका छन् । आज...