अब नेपालमा पनि घण्टामा आधारित तलब तोकिने

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार ०८:३२

काठमाडौं, २१ असार । विभिन्न देशमा लागु भएको घण्टामा आधारित श्रम प्रणाली अब नेपालमा पनि लागु गरिने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।

न्यूनतम तलब निर्धारण समितिले प्रतिघण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा समेत ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।

सरकारले पहिलोपटक कम्पनी, प्रतिष्ठान, चियाबगान, कृषि श्रमिक र घरेलु श्रमिकको तलब छुट्टाछुट्टै तोक्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*