सेक्स अफर नमान्दा मल्लिकाको हातबाट फिल्म खोसियो
एजेन्सी, २१ असार । बलिउडमा सेक्सी नायिकाको छबि बनाएकी मल्लिका सेरावतले लामो समयदेखि फिल्म खेलेकी छैनन् । यसको रहस्य आफुले सेक्स अफर नमान्नु नै रहेको उनले बताएकी छिन् ।
‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी उनले पहिलो फिल्ममा नै हट सिन दिएपछि उनलाई त्यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । लगातार बोल्ड सिन दिएका कारण उनको छवि नै बिग्रियो । जसका कारण उनलाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले ।
एक अन्तरवार्तामा मल्लिकाले सेक्स अफर नमान्दा धेरै फिल्म गुमाएको बताएकी छिन् । निर्माता–निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग यस्तो अफर गर्ने गरेको उनको गुनासो छ । बलिउडामा महिलाले लगाउने कपडाको आधारमा उनको चरित्रको मूल्यांकन गर्ने परिपाटी भएको बताउँदै उनले आफुले छोटो कपडा लगाएर फिल्ममा अभिनय गरेकी हुनाले धेरैले उनलाई खराब चरित्रको भनेर सोच्ने गरेको बताईन् ।
