डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक
जुम्ला, २१ असार । विभिन्न माग राखी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ ।
उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।
एक्कासि मिर्गौलामा समस्या भएपछि उनलाई अस्पताल पुराइएको हो । केसीको जीवनरक्षाका लागि स्थानीय नागरिक समाजले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्ला र स्थानीय प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ ।
