समाचार
राहत शिक्षक समिति मकवानपुरको अध्यक्षमा पौड्याल
मकवानपुर ९ असार । नेपाल राहत शिक्षक समिति मकवानपुरको अध्यक्षमा हरिप्रसाद पौड्याल निर्विरोध चयन भएका छन् । शनिबार भएको पाँचौं जिल्ला अधिवेशनले पौड्यालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा राधा सिन्तान, उपाध्यक्षमा सोमप्रसाद आचार्य र रत्नबहादुर स्याङ्तान चयन भएका छन् । त्यसैगरी सचिवमा...
सिन्धुपाल्चोकका ठेकेदारले काम सम्पन्न भएर पनि पाएनन् रु ५८ करोड भुक्तानी
चरिकोट ९, असार । दोलखा र सिन्धुपाल्चोकका निर्माण व्यवसायीलाई रु ५८ करोड भुक्तानी दिन बाँकी रहेको छ । डिभिजन सडक कार्यालय दोलखाले आव ०७४/०७५ का लागि विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेवापत सो रकम भुक्तानी दिन बाँकी रहेको हो । केही निर्माण व्यवसायीले भने काम गरेको रकम...
दाङमा स्वास्थ्य चौकी हस्तान्तरण
दाङ ९ असार । दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । र १ करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए । बालमैत्री र अपांगमैत्री चर्पी रहेको सो भवनको तल्लो...
कर सहयोगी श्रमीक संगठन मकवानपुरमा पुन अर्यालको नेतृत्व
मकवानपुर ९ असार । कर सहयोगी श्रमीक संगठन नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा पुनः पुष्पराज अर्याल चयन भएका छन् । संगठनको आज हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनबाट अर्याल पुनः अध्यक्षमा चयन भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा श्यामेश्वर श्रेष्ठ, उपाध्यक्षमा भीमप्रसाद फुयाँल, सचिवमा प्रदिप अर्याल, सह–सचिवमा शंकर कुँवर...
मकवानपुरको कैलाश गाउँपालिकाका कर्मचारीहरु यसरी खान्छन् घूस, कर्मचारीले टेढपुच्छर लाउँदैनन् : उपाध्यक्ष थिङ
बलराम पुडासैनी मकवानपुर ९ असार । स्थानीय निकायबाट सहज रुपमा आफ्ना कामहरु गर्न पाइएला भनेर मख्ख परेका मकवानपुर कैलाश गाउँपालिकाका सर्वसाधारण गाउँपालिकाका कर्मचारीहरुको व्यवहारका कारण आजभोली दिग्दार भएका छन् । त्यसैगरी गाउँपालिकाका विभिन्न उपभोक्ता समितिका मानिसहरु पनि सरकारी कर्मचारीको घुसपैठको हर्कतले आफुहरु निरास भनेको गुनासो गर्छन् । कर्मचारीहरुले टाठाबाठा...
बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर ६ खुल्ला दिशामुक्त क्षेत्र घोषणा
अनिल प्रित कोल्हवी ८ असार । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ६ खुल्ला दिशा मुक्त वडा घोषणा भएको छ । वडालाई हिजो विहिबार एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरीएको हो । ६ नम्बर वडा सहित बारा जिल्लाका ३२ वटै वडा हाल खुल्ला दिशामुक्त वडा घोषणा भईसकेका छन्...
कञ्चनपुर नगरपालिकद्वारा पाँच बिगाहको गाँजा नष्ट
भीमदत्तनगर ८ असार । लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला मातहत रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा नष्ट अभियान सञ्चालन गरेको बताए । सोअन्तर्गत बिहीबार...
बाँकेमा मोटरसाइकलले ठक्कर दिँदा ५८ बर्षका परियारको मृत्यु
बाँके ८ असार । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ । पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो । गएराति ९ बजे बाटो...
राजविराजमा विद्युत् चोरी गर्ने १६ जनालाई पक्राउ
राजविराज ८ असार । राजविराजमा विद्युत चोरी गर्ने १६ जनालाई पक्राउ गरी जरिवाना गराईएको राससले जनाउको छ । जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका...
भक्तपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
भक्तपुर, ८ असार । आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि...









