समाचार

वर्षा र पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाग्लुङ, १२ असार (रासस) । भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट...

बञ्चरो प्रहारबाट ६ जनाको मृत्यू, यसरी बढ्दै छ अपराधिक क्रियाकलाप

रोल्पा, १२ असार (रासस) । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका...

आँखाको शल्यक्रिया गर्न अधिवक्ता बस्नेतले गरे हेटौँडामा सहयोग

हेटौँडा, १२ असार । हेटौँडा सामुदायिक आँखा अस्पतालमा उपचार गर्न आएका एक जनालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित साझा ल फर्मका संचालक अधिवक्ता उत्तमकुमार बस्नेतले सहयोग गरेका छन् । अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गर्न आएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का चैते राईलाई उनले उपचार खर्च सहयोग गरेको...

चर्चित पर्यटकीय स्थलको बाटोमा खाल्डै खाल्डो

काठमाडौँ, १२ असार (रासस) । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक दशकदेखि ठमेलको क्वावहालमा मालाको...

१३ महिनामा पनि खुलेन विमानस्थल, यस्तो छ कारण

जाजरकोट, १२ असार (रासस) । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा...

हेटौँडा बसपार्कबाट लागुऔषधसहित एक युवक पक्राउ

मकवानपुर, ११ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट एक युवक लागुऔषध सहित सोमबार पक्राउ परेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका चितवन जिल्लाको साबिक भरतपुर नगरपालिका ९ मिलनचोक बस्ने ३३ वर्षीय कृष्ण बहादुर दराईलाई नियन्त्रणमा लिएको हो । उनको शरीर खानतलासीका...

राक्सिराङ गाउँपालिकाको आगामि आर्थिक वर्ष २०७५/०७६ वर्षको नीति तथा कार्यक्रमहरु (पूर्ण विवरण)

मकवानपुर, ११ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकाको तेस्रो गाउँसभामा उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा अवलम्वन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । आईतबार भएको गाउँसभामा गाउँपालिका उपाध्यक्षले प्रुस्तुत गरेको नीति तथा कार्यक्रममा राक्सिराङको विकासका लागि विभिन्न योजनाहरु अगाडि सारिएका छन् । हेर्नुहोस् पूर्ण विवरण : डाउनलोड गर्न...

हेटौँडामा अश्लिल फिल्म, नेपाली चलचित्र र गीत बिक्री गर्नेमाथि कारवाही हुने

मकवानपुर, ११ असार । मकवानपुरको हेटौँडा बजारमा रहेका मोबाईल पसलहरुमा अश्लिल फिल्म र नेपाली चलचित्र तथा गीतहरु खुल्लाम खुल्ला डाउनलोड गर्दै बिक्री बितरण गर्ने गरिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले त्यसको विरोध गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल बजारमा केही मोबाईल पसलहरुबाट नेपाली गीत,...

ठेकेदारको चरम लापरवाही, मकवानपुरगढीको बाटो भताभुङ्ग

मकवानपुर, ११ असार । मकवानपुरको सदरमुकाम हेटौँडादेखि मकवानपुरगढी गाउँपालिकासम्म जाने प्रवेशद्वारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको रुद्रेश्वर मन्दीर नजिकैको बाटो निकै नै नाजुक अवस्थामा छ । मकवानपुरगढीबाट आउने सर्वसाधारण बजार आईपुग्दा हिलाम्मे सडकमा सवारी साधन सहित पटक पटक पल्टिएकोले आफुहरु बजार आईपुग्दा बाउसे गरेर आएको...

कुख्रेनीको हिमपाईप बगाएपछि स्थानीय आक्रोशित, रबि लामिछानेसँग गुहार माग्दै समाजिक सञ्जालमा विरोध

–चन्द्र घलान मकवानपुर, ११ असार । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ९ लामसुरे र वडा नम्बर १३ पदमपोखरी वनस्पतिलाई जोड्ने पुल समयावधि सकिएको लामो समयसम्म पनि नबने पछि सवारी आवागमनमा समस्या हुनुका साथै यात्रुहरु समेत बिच बाटोमै अलपत्र परेका छन् । बर्षाका कारण उक्त स्थानमा हिमपाईप राखेर बनाएको बाटो समेत...