समाचार

एकैछिन खुलेर नारायणगढ-मुग्लिन सडकखण्ड फेरि पनि अवरुद्ध

चितवन, १३ असार (रासस) । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११...

Trial-Tukhabar

ड्राईभिङ लाईसेन्स लिन नक्कली परिक्षार्थी

काठमाडौँ, १३ असार (रासस) । काठमाडौं – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको...

महिला पत्रकारहरुका लागि मकवानपुरमा ३ दिने फिचर लेखन तामिम सुरु

मकवानपुर १२ असार । मकवानपुरमा कार्यरत महिला पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले ३ दिने फिचर लेखन तालिम मंगलबारबाट सुरु भएको छ । क्रियाशिल महिला पत्रकार मकवानपुरको आयोजना तथा हेटौडा उपमहानगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो । २५ जना महिला सञ्चारकर्मीहरु सहभागी भएको तालिममा क्रियाशिल महिला पत्रकारको केन्द्रिय अध्यक्ष अमिका...

सामुदायिक सञ्चार अभिमुखीकरण तालिम भिमफेदीमा सुरु

मकवानपुर १२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा आजबाट २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम सुरु भएको छ । । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रम भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य तथा सोलुसन मिडियाका निर्देशक रामकुमार एलनको अध्यक्षतामा भएको...

हेटौँडामा २५ जना महिलालाई एड्भान्स सिलाई तालिम

हेटौँडा, १२ असार । बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा हेटौँडामा सञ्चालित ३ महिने एडभान्स सिलाई तालिम मंगलबार समापन भएको छ । हेटौँडा उपमहानगर पालिकाको आर्थिक सहयोगमा सहकारीले ३ महिने तालिमको अयोजना गरेको हो । सहकारीले आफनो कार्यक्षेत्र भित्र रहेका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सहयोग हुनुका साथै हरेक...

बसले ठक्कर दिँदा १ जनाको मृत्यू, २ जना गम्भीर घाईते

सुरुङ्गा, १२ असार (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिदामा घर आउँदा शसस्त्र प्रहरीद्वारा श्रीमतीको हत्या

कञ्चनपुर, १२ असार (रासस) । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए । ‘बिहान...

फेरि बन्द भयो नारायणगढ–मुग्लिन सडक खण्ड

चितवन, १२ असार (रासस) । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम...

बाँदर देखेर किसान हैरान, बालीनाली नष्ट

उदयपुर, १२ असार (रासस) । खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् । आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र...

पहिरोले पुरिएर ६ महिने छोरी सहित आमाबुवाको एकै चिहान, गाउँ नै शोकमा

बाग्लुङ, १२ असार (रासस) । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका-१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको...