ऋतिक रोशनले भन्सालीको चलचित्रमा नखेल्ने
एजेन्सी, २५ असार । बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीको मलयालम फिल्म ‘पुलीमुरुगन’ को हिन्दी रिमेक भर्सनमा नायक ऋतिक रोशनले अभिनय गर्न अस्विकार गरेका छन् ।
सन् २०१६ मा प्रदर्शन भएको सुपरहिट एडभेन्चर एक्सनमा आधारित ‘पुलीमुरुगन’ मा मलयालम सुपरस्टार मोहनलालले अभिनय गरेका थिए । फिल्ममा लागि निर्देशक भन्साली ऋतिक रोशनलाई लिन उत्साहित थिए । उनले मोरुगन जस्तो एक्शन रोल ऋतकलाई नै सुहाउने समेत बताउँदै आएका थिए । तर यस भूमिकाको लागि भन्सालीको प्रस्ताव ऋतिकले अस्विकार गरिदिएको खबर सार्वजनिक भएको हो ।
भारतीय संचार माध्यमहरुका अनुसार भन्सालीले यस भूमिकामा काम गर्नका लागि ऋतिकलाई सम्पर्क गरेका थिए तर ऋतिकले उनको यस प्रस्तावलाई अस्वीकार गरिदिएका हुन् ।
