समाचार
सहायक वन अधिकृतलाई रातोमाटेमा स्वागत
हेटौँडा, १४ असार । चुरे काँड वन उपभोक्ता समुहले इलाका वन कार्यालय रातोमाटेका सहायक वन अधिकृत गायत्री शर्मालाई स्वागत गरेको छ । समुहले बिहीबार एक कार्यक्रमको आयोजना गरी शर्मालाई स्वागत गरेको हो । चुरे काँड वन उपभोक्ता समुहका अध्यक्ष मिनबहादुर घलानको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा १५ नम्बर वडाका वडा...
मकवानपुरगढीमा भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम सफल
मकवानपुर, १४ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ‘भुकम्प प्रभावित परिवारलाई सहयोग कार्यक्रम’ परियोजना सफल भएको लाभान्वितहरुले प्रतिक्रिया दिएका छन् । Stromme Foundation को आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) द्वारा संचालित उक्त कार्यक्रमको प्रगति प्रस्तुतिका क्रममा सहभागी तथा लाभान्वित परिवारले कार्यक्रम सफल भएको प्रतिक्रिया दिएका हुन् । कार्यक्रम...
निर्णय गर्ने अधिकार नभएको महिला जनप्रतिनिधिहरुको गुनासो
काठमाडौँ १४ असार । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरुले अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । मनरा सिसवा गाउँपालिका महोत्तरीका उपप्रमुख रमिता प्रधानले महिला ल्याउनुपर्ने बाध्यताले मात्र उपप्रमुख पदमा ल्याइएको भन्दै आफूहरुको अधिकार पनि प्रमुखले प्रयोग गर्ने गरेको बताईन् । महिलालाई निर्वाचनमा सहभागी गराएर पनि अर्थपूर्ण निर्णय...
मूल्यवृद्धिको विरोधमा तरुण दलको प्रदर्शन
काठमाडौँ १४ असार । नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बुधबार काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले...
गएरातिको अविरल बर्षाका कारण पासाङल्हामु राजमार्ग ठप्प
रसुवा १४ असार । गएरातिको अविरल वर्षाका कारण पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध बनेको राजमार्ग खुलाउनको लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको राससले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका...
गएराततिको पहिरोले धादिङमा तीनजनाको मृत्यु, दुई बेपत्ता
धादिङ १४ असार । गएराति गएको पहिरोका कारण धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा तीनजनाको मृत्युभएको छ । पहिरोकै कारण दुईजना बेपत्ता भएका छन् भने सात घर पहिरोले पुरिएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर...
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा फरार ४३ प्रतिवादी पक्राउ
पोखरा १४ असार । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार...
मकवानपुर मनहरीका चेपाङ बालबालिकालाई पोशाक र ब्याग
मकवानपुर १४ असार । मनहरी–४ चिसापानीस्थित चेपाङप्राविमा अध्ययनरत् सीमान्तकृत चेपाङ बालबालिकालाई पोशाक, शैक्षिक सामग्री र स्कूलव्याग बितरण गरिएको छ । सीसीएस ईटलीको सहयोगमा विकासका लागि सहकार्य नेपाल (हेल्प को.डे.नेपाल) को पहलमा हिजो अतिविपन्न चेपाङ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका ४ का वडाअध्यक्ष ध्रुब खड्काले बालबालिकालाई विद्यालय...
एस.ई.ई.मा सतप्रतिशत विद्यार्थी पास भएपछि हाँडीखोलामा खुशियाली
मकवानपुर, १३ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत विद्यार्थी पास भएको खुसियालीमा मनहरी गाउँपालिका–३ हाँडीखोलामा रहेको महेन्द्रज्योति उच्च माविले विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै खुसी साटासाट कार्यक्रमको आयोजना गरेको छ । विद्यालयबाट ३४ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएकोमा ३४ जना नै विद्यार्थीहरु विभिन्न ग्रेडमा पास भएको शिक्षक...
अधिकांश उद्योगको सामान गुणस्तरहिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले गर्यो ११ उद्योगमा शिलबन्दी
मकवानपुर, १३ असार । प्रदेश नम्बर २ र ३ मा रहेका अधिकांश खाद्य उद्योगहरुले गुणस्तरहिन सामान उत्पादन गरेको रहस्य खुलेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये अधिकांशले गुणस्तरहिन सामान उत्पादन गरी ठगी गरेको भन्दै ११...










