२ जनाको डुबेर मृत्यू
काठमाडौँ, २६ असार । मुलुकका दुई स्थानहरुमा दुई जनाको डुबेर मृत्यू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सुनसरी र सिराहामा गरी २ जनोका डुबेर ज्यान गएको हो । सुनसरीको ईटहरी नगरपालिका-१७ बस्ने ७० वर्षीय प्रेमबहादुर श्रेष्ठ घर नजिकै रहेको खर्चना खोलामा सोमबार डुबेर मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सिराहाको बिष्णुपुर गाँउपालिका-२ गढिया बस्ने अनिल साहको १ वर्षीया छोरी आकृती साह सोमबार आफ्नै घर नजिक रहेको नालीको खाल्डोमा डुबेको अवस्थामा फेला पारेकीले उपचारको लागि फ्रेण्स अस्पताल लहान सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
