समाचार
मकवानपुरको भोर्लेमा मन्त्रीले रोपे बिरुवा
मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ भोर्लेमा वृक्षारोपण गरेका छन् । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा विहिबार वृक्षारोपण गरिएको हो । उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय, मध्यमान्चल क्षेत्रीय वन कार्यालय र जिल्ला वन...
हर्नामाडीमा चरिचरणमुक्त समूह घोषणा
मकवनपुर, १४ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको एक सामुदायिक वन उपभोक्ता समूहलाई आजदेखि चरीचरणमुक्त समूह घोषणा गरिएको छ । त्यहाँस्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहलाई आज एक कार्यक्रमको आयोजना गरी चरीचरण मुक्त समूह घोषणा गरिएको हो । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन...
बिद्यार्थी र अभिभावकको मन जित्दै हेटौंडाको जी यस निकेतन मा.वि
मकवानपुर १४ असार । बिगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गरेर बिद्यार्थी र अभिभावकको मन जित्दै आएको जी एस निकेतनले २०७४ को एसईई परिक्षामा पनि मकवानपुर जिल्लाकै सबैभन्दा बढी ए प्लस र ए ग्रेड ल्याएको छ । निकेतन बाट परिक्षामा सहभागि भएका कुल १२३ जना बिद्यार्थी मध्ये,ए प्लस ल्याउनेको...
अवरुद्ध पासाङ ल्हामु राजमार्ग आज २ बजे खुल्यो
रसुवा १४ असार । गए रातिको वर्षाले अवरुद्ध बनेको पासाङ ल्हामु राजमार्ग पहिरो आज दिउँसो २ बजेदेखि खुलाइएको छ । जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो । आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक...
निर्माण गरीएको छ वर्षपछि सिँचाइ कुलो प्रयोगमा
म्याग्दी, १४ असार । अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको राससले जनाएको छ । सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो । रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र...
हेटौँडा–१५ मा कुखुराको चल्ला वितरण
हेटौँडा, १४ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ सयफुटमा बिपन्न वर्गका परिवारलाई कुखुराको चल्ला वितरण गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला पशु सेवा कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा कुखुरा चल्ला वितरण गरिएको वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामाले जानकारी दिए । सयफुटमा बसोबास गर्ने २०...
स्नातकोत्तर तह प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् परीक्षाफल
काठमाडौँ, १४ असार (रासस) । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी...
६ महिनामा १३ बालिका र किशोरी बलात्कृत
भक्तपुर, १४ असार (रासस) । भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म...
५ वर्षभित्र मुलुक परिवर्तन हुने मुख्यमन्त्री पौडेलको दाबी, मदन भण्डारी कलेजप्रति चासो
काठमाडौँ, १४ असार (रासस) । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताएका छन् । भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताएका हुन् । नयाँ गतिका साथ विकास...
संगालोको १४ औँ साधारण सभामा बिद्यार्थी र सवाजसेवी सम्मानित
मकवानपुर १४ असार । मकवानपुरको हेटौँडा ७ न्युरेनी चिसापानिमा रहेको संगालो टोल विकास संस्थाको १४ औँँ साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष वेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर समन्वय समिति टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष धुर्व अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराईले संस्थाको...










