पदमपोखरी वनस्पतिमा कुकुर आतङ्क

तु खबर संवाददाता
२०७५ असार २७, बुधबार १३:४६

मकवानपुर, २७ असार । हेटौँडा–१३ बनस्पतिमा कुकुरको आतङ्कले स्थानिय त्रसित भएका छन् । ठुलो कुकुरले मानिस देख्न साथ आक्रमण गर्नाले विद्यालय जाने विद्यार्थी, बाटोमा हिँड्ने सर्वसाधारण र खेतमा काम गर्ने किसानहरु त्रसित भएको स्थानियले बताएका छन् ।

२ दिन अघि हेटौँडा–१० राप्ती खोलामा माछा मार्न गएका स्थानीय विरबहादुर हिम्डुङलाई कुकुरले आक्रमण गर्दा उनी घाईते भएका छन् । कुकुरले टोके पछि उपचारका लागि हेटौँडामा गएका उनलाई हेटौँडामा उपचार गर्न नसकेपछि काठमण्डौँमा उपचार गर्न लगिएको थियो । कुकुरको आक्रमणबाट उनको हात, पाखुरा र कुममा चोट लागेको छ ।

त्यस्तै, आज बिहान खेतमा काम गरिरहेकी स्थानीय कालीमाया सिन्तानलाई २ वटा कुकुरले आक्रमण गरेको छ । कुकुरले आक्रमण गर्ने क्रममा स्थानीयले देखेर कुकुरलाई लखेटेपछि कुकुरले टोक्न नभ्याएको उनले बताईन् । कुकुर आतङ्कले विद्यार्थीहरुलाई आवातजावत गर्न डर भएको र सम्बन्धित निकायलाई त्यसतर्फ ध्यान दिन स्थानीयले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*