समाचार

२ दिने अभिमुखीकरण तालिम मकवानपुरको भिमफेदीमा सम्पन्न

मकवानपुर १३ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा मंगलबारबाट सुरु भएको २ दिने सामुदायिक सञ्चार अभिमुखीकरण तालिम आज समापन भएको छ । भिमफेदी गाउँपालिकाको सहयोग तथा सोलुशन मिडिया प्रा.लि को आयोजनामा कार्यक्रम भएको थियो । भिमफेदी गाउँपालिकाका ९ वटा वडाका विभिन्न बिद्यालयका माद्यामिक स्तरका बिद्यार्थीहरु, तथा वडाका कर्मचारीहरुको सहभागिता रहेको...

Padampokhari Anugaman-Tukhabar 11

हेटौँडा–पदमपोखरी रिङ रोड सम्भाव्यता तथा विकास अध्ययनका लागि अर्थमन्त्री ढुङ्गेल पदमपोखरीमा

–चन्द्र घलान हेटौँडा, १३ असार । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री (अर्थ मन्त्री) कैलाश ढुङ्गेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को अनुगमन गरेका छन् । पूर्व सांसद केदार न्यौपाने, उपमहानगरपालिकाका उपमेयर मीना लामा, १२ नम्बर वडा अध्यक्ष ललित घलान तथा १३ नम्बर वडा...

Traffic News-Tukhabar

सवारी दुर्घटना न्यूनिकरण गर्न हेटौँडामा अन्तरक्रिया

मकवानपुर, १३ असार । बढ्दो सवारी साधन दुर्घटना न्यूनिकरण सम्बन्धमा हेटौँडामा बुधबार अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको हो । ‘हाम्रो अभियान,सुरक्षित र सहज ट्राफिक व्यबस्थापन’ भन्ने मुल नाराका...

चर्चित गायिका मेलिना राई र गायक तारा प्रकाशको नयाँ गीत सार्वजनिक

काठमाडौँ , १३ असार । युवामाझ चर्चित गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको आवाजमा सजिएको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत ‘निश्चल हिमाल झै’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दिपेन्द्र थाम्सुहाङले गीतको शब्द रचना...

गुगल क्रोमलाई पछार्ने दाउमा फायरफक्स क्वान्टम

एजेन्सी, १३ असार । कुनै समयमा गुगल क्रोमभन्दा पनि निकै नै रुचाइएको मोजिला फायरफक्सले फेरि गुगल क्रोमलाई चुनौति दिने भएको छ । मोजिलाको नयाँ भर्सनको फायरफक्स क्वान्टमले सुरुवाती चरणमा नै क्रोमलाई टक्कर दिन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस सम्बन्धमा बिबिसीले समेत आलेख लेखेको छ । सन्...

नगरपालिकाको विरुद्धमा ७ जना वडाअध्यक्षको आन्दोलन सुरु

महोत्तरी, १३ असार (रासस) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ...

यस्तो छ नारायणगढ–मुग्लिन सडकको बिकल्प

चितवन, १३ असार (रासस) ।चितवन -नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि...

भूमि बैँकको संचालन गर्न गाउँपालिका नै तात्तियो

पोखरा, १३ असार (रासस) । उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो ।...

विद्यार्थी पास हुँदा शिक्षकको खुशी, १० हजार सहयोग

म्याग्दी, १३ असार (रासस) ।बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने विद्यार्थी...

Solar Saurya Urja-Tukhabar

विद्यार्थीको पढाइमा क्षमता विकासका लागि सौर्य टुकी वितरण

डडेलधुरा, १३ असार (रासस) । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो । अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका...