मनहरीको मसिनेमा भिरबाट लडेको अवस्थामा बेवारिसे शव फेला

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १९:०४
File Photo

मकवानपुर, २५ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने बरडाडीमा बेवारिसे शव फेला परेको छ ।

हाल नामथर नखुलेको र भिरबाट लडेको बेवारिसे अवस्थामा अन्दाजी ४०–४५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले उचाई ५ फिट भएको गोरो वर्ण र तामाङ समुदायको जस्तो देखिने पुरुषको शव फेला पारेको हो । पुरुषको शवमा हरियो गञ्जी र कालो हाफ पाईन्ट लगाइएको अवस्थामा रहेको छ ।

शवलाई हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । बेवारिसे रहेका कारण उक्त ब्यक्तिलाई चिन्ने जोकोहीले प्रहरीलाई खबर दिन समेत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*