‘सरकारले आयोगलाई अधिकार दिएन’

तु खबर संवाददाता
२०७५ असार २५, सोमबार १९:२५

–जी. न्यौपाने
हेटौँडा,२५ असार ।
नेपाल कानुन समाज नागरिक संवाद केन्द्रले नेपाल सरकारले विभिन्न आयोगको निर्माण गरे पनि अधिकार दिन कञ्जुस्याई गरेको प्रतिक्रिया आएको बताएको छ  । केन्द्रले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गर्ने कार्यक्रमहरु ल्याउने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रका कार्यक्रम संयोजक रघुनाथ खरालले नेपाल सरकारले पछिल्लो समयमा बनाएका मधेसी, जनजाती अदिवासी, महिला, दलित, मुस्लिम तथा थारु आयोगलाई अधिकार दिन आलटाल गरेको कुरा खुल्न आएको बताएको छ ।

उनले स्थायी राजधानी नतोकिएका कारण समेत काम गर्न अप्ठ्यारो भएको बताए । ‘हामीले यहाँ अस्थायी कार्यालय जस्तै गरी काम गरीरहेका छौँ, राजधानी सर्ने नसर्ने कुराले पनि समस्या परेको छ, उनले भने, ‘हामीले नेपालको सातै प्रदेशमा कानुनको विषयमा संवाद केन्द्र मार्फत अन्तरक्रिया गर्दै आएका छौँ ।’ खरालले कानुन निर्माणको तहमा आफुहरुले सांसददेखि सरकारसम्मलाई सहयोग गर्न तयार रहेको समेत बताए ।

अन्तरक्रियाका क्रममा नेपाल सरकारले निर्माण गरेको विभिन्न आयोगहरुको विषयमा नागरिकहरुले दिएको प्रतिक्रियाको विषयमा जानकारी समेत दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईसहित मकवानपुरे पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*