हेटौँडाको शान्तिटोलमा डष्टविन वितरण

तु खबर संवाददाता
२०७५ असार २६, मंगलवार ११:५०

हेटौँडा, २६ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ शान्तिटोलमा सोमबार डस्टविन वितरण गरिएको छ । हेटौँडा ६ नम्बर वडा कार्यालयको आयोजनामा शान्तिटोल टोल विकास संस्थामा आवद्ध सदस्यहरुका लागि डष्टविन वितरण गरिएको हो ।

घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न टोलका ९५ घरधुरीलाई डस्टविन वितरण गरिएको हो ।

वडा सदस्य राजकुमार बास्तोलाले टोल विकासका सदस्यहरुलाई डष्टविन वितरण गरेका हुन् । कार्यक्रममा टोल विकास संस्थाका कार्य समिति लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*