मकवानपुर प्रहरीद्वारा ६५ लिटर घरेलु मदिरा नष्ट
मकवानपुर, २५ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको राई गाउँबाट नियन्त्रणमा लिएको घरेलु मदिरा सोमबार नष्ट गरेको छ ।
प्रहरी चौकी राईगाउँबाट प्रहरी सहायक निरिक्षक मनोज कुमार चौधरीको कमाण्डमा खटिएको टोलीले बाग्मती गाउँपालिका २ मा रहेका बिभिन्न होटेलहरुमा जाँच गर्ने क्रममा फेला परेको ६५ लिटर अबैध तयारी घरेलु मदिरा विभिन्न व्यक्तित्वहरुको रोहोबरमा नष्ट गरिएको हो ।
