समाचार
हेटौँडामा भजन मण्डलीले गर्यो असारे गीत महोत्सव
मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ को अगारेश्वर भजन मण्डलीको आयोजनामा असारे लोक गीत महोत्सव शुक्रबार सम्पन्न भएको छ । असारे भाका संरक्षणका लागि असारे लोकभाका गीत महोत्वसव गरिएको आयोजकले जनाएको छ । ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा सस्थाका अध्यक्ष...
रातोमाटेको जनजागृति माविमा छात्रवृत्ति वितरण
मकवानपुर, १५ असार । मकवानपुरको हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविले शुक्रबार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । कक्षा–१ देखि ८ सम्मका सबै २ सय १५ छात्रा, १९ दलित, ८ शारीरिक अशक्त र मावि तहका जेहेन्दार १० विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको प्रधानाध्यापक दिपकलाल खतिवडाले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष...
काँग्रेस नेता न्यौपानेले गरे हाँडीखोलाका विद्यार्थीलाई सहयोग
मकवानपुर, १५ असार । नेपाली काँग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलामा अवस्थित सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वापत रकम सहयोग गरेका छन् । तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप उनले २५ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्...
मकवानपुरमा एक महिने गहुँको छ्वाली हस्तकला तालिम सुरु
मकवानपुर, १५ असार । राष्ट्रिय युवा परिषदको लोपुन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण, प्रबर्धन तथा प्रमाणीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको हेटौँडामा शुक्रबारदेखि १ महिने गहुँको छ्वाली हस्तकला तालिम सुरु भएको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनामा तालिम सुरु भएको हो । तालिमको आज एक कार्यक्रमकाबिच कार्यक्रमका प्रमुख अतिथि...
हेटौँडाबाट कृषि मन्त्रीको उद्घोष– १ हजार ४ सय ५० युवालाई रोजगारी, विदेशबाट फर्किएकालाई प्राथमिकता
मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आगामी आर्थिक वर्ष २०७५–०७६ मा १ हजार ४ सय ५० युवालाई स्वरोजगार बनाउने उद्घोष गरेका छन् । १५ औँ राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१९ नेवारपानीमा...
मकवानपुरमा १५ प्रतिशत मात्र रोपाई, किन भएन रोपाई ?
मकवानपुर, १५ असार । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरमा असार १५ का दिनसम्म केबल १५ प्रतिशत मात्रै धान रोपाइ भएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका अनुसार यो तथ्यांक सार्वजनिक गरिएको हो । मकवानपुरको कुल खेतीयोग्य जमिन मध्ये ११ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेता...
सामुदायिक वनका विषयमा हेटौँडाका विद्यार्थीसँग अन्तरक्रिया
मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडामा सामुदायिक वनका विषयमा विद्यार्थीहरुसँग शुक्रबार अन्तरक्रिया गरिएको छ । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विद्यार्थीहरुबिच अन्तरक्रिया गरिएको हो । समूहको चालु आर्थिक वर्ष ०७४–०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको समूहले जनाएको छ । कार्यक्रममा वन ऐन...
मकवानपुर प्रहरीले बुझायो ३ थान मोबाईल
मकवानपुर, १५ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका मोबाईलहरु फेला पारी शुक्रबार मोबाईल धनीलाई बुझाएको छ । मोबाईल हराएको भन्दै विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका निबेदकहरु मध्ये बिशेष प्रबिधिको प्रयोग गरी खोज तलास गरेर ३ थान मोबाईल फेला पारी मोबाईल धनीलाई बुझाइएको जिल्ला...
ललितपुरमा साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै
ललितपुर १५ असार । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको...
राजदेवी नगरपालिकामा प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु
रौतहट १५ असार । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको राससले जनाएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं। ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको...










