इङ्ल्यान्डलाई हराउँदै प्रथमपटक क्रोयसिया विश्वकप फुटवलको फाइनलमा

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार ०९:५६
file photo

काठमाडौं २८ असार । विश्वकप फुटवलको सेमिफाईनल खेलमा इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको छ ।विहिबार भएको खेलमा इङ्ल्याण्डलाई २–१ गोलको अन्तरले हराउँदै क्रोएसिया फाईनल खेलमा प्रवेश गरेको हो ।
क्रोयसिया भने २८ बर्ष अघि सेमिफाईनल सम्म पुगेको थियो ।

खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*