कर्रा खोलामा बेवारिसे शव फेला
हेटौँडा, २८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कर्रा खोलामा एक पुरुषको शव फेला परेको छ ।
मैदा टोल क्षेत्रमा उक्त व्यक्तिको शव कर्रा खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको हालसम्म पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवलाई हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
