समाचार
झापाको कमल गाउँपालिकामा ट्याक्टर र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
दमक १५ असार । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको...
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
कञ्चनपुर १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो...
चितवनमा एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम
चितवन १५ असार । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो । एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला...
हेटौँडामा पहिलो पटक बेतको सामाग्री बिक्री शुरु
जी.न्यौपाने मकवानपुर, १५ असार । हेटौँडामा बेत (कोन) का सामाग्रीहरुको बिक्री सुरु गरिएको छ । ‘हाम्रो घर संसार’ तथा सिद्धिविनायक काष्ठ उद्योगले बेतका सामाग्रीहरु निर्माण गरी बिक्री थालेको हो । बेतका सोफा सेट, झुला, झुल्ने कुर्सी, डाइनिङ टेबुल सेट, टी–टेबुल, कुर्सी, सोलाईट कभर, फुलदानी लगायतको सामाग्री बिक्री वितरण थालिएको...
सल्लेरीमा भएको जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत
सोलुखुम्बु, १५ असार । जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जीप चालक...
दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ सकियो
दाङ १५ असार । पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको...
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उतिर्ण, को–को भए पास ? (हेर्नुहोस् पूर्ण विवरण)
काठमाडौं, १५ असार । कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । परिक्षाबाट ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । गत जेठ २५ र २६ गते लिइएको इपिएस परीक्षामा ८२ हजार २ सय ६४ सहभागी भएका थिए । यस वर्ष एपिएस पास...
लियो क्लबद्वारा भान्जाहरुलाई दही चिउरा
मकवानपुर, १५ असार । लियो क्लब अफ सुर्योदयले लियो वर्ष २०१८ कोे पहिलो साधारण सभाको अवसरमा मामाघर नेपालमा दही चिउरासँगै मनाएको छ । भेलाका अवसरमा हेटौंडामा रहेको मामाघर नेपालमा आश्रित भान्जाहरुलाई दही चिउरा खुवाइएको हो । हेटौंडालाई सडक बालबालिकामुक्त बनाउने अभियानमा रहेको मामाघर नेपालमा आज एक कार्यक्रमको बीच भान्जाहरुलाई...
हेटौँडामा मन्त्री र मेयरले यसरी रोपे धान, मकवानपुरमा धान दिवस मनाईदै
मकवानपुर, १५ असार । आज असार १५, राष्ट्रिय धान दिवस, मकवानपुरसहित देशभर मनाइँदै छ । नेपाली कृषकहरुकोे विशेष दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना समेत गरिएको छ । यसै अवसरमा आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा, ढुङ्गेधारमा धान रोपाई गरिएको छ । ३...
हेटौँडामा दर्ता नगरी ट्युसन सेन्टर र कन्सल्टेन्सी चलाउनेलाई प्रशासनले नछोड्ने
मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडामा दर्ता नगरी दर्जनौँ ट्युसन सेन्टर र कन्सल्टेन्सीहरु संचालनमा रहेको भन्ने समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्यसमा कडाइ गर्ने भएको छ । कार्यालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नियमानुसार दर्ता भई संचालन हुनुपर्ने ट्युसन सेन्टर र कन्सल्टेन्सीहरु ईजाजत नलिई संचालनमा रहेको भन्दै...










