त्रिशुलीले बगाउँदा प्रल्लाद गायब, १ को डुबेर मृत्यू
काठमाडौँ, २७ असार । दुई छुट्टा–छुट्टै स्थानमा भएको घटनामा परी १ जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएका छन् ।
धादिङको गल्छी गाँउपालिका–४ रुम्टा बगरस्थित त्रिशुली नदीमा नुहाउने क्रममा खोटाङ बारा पोखरी गाउँपालिका–१ कात्तिके घर भई हाल रुम्टा बगरमा काम गर्ने १९ वर्षीय प्रल्लाद राय नदीले बगाई बेपत्ता भएका छन् ।
मंगलबार बगाएका उनलाई स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले रायको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै सप्तरीको कृष्ण शवरण गाउँपालिका–३ ईग्राहा टोल बस्ने जगदिश मण्डलको ४ वर्षीय छोरा जिबन मण्डलको मंगलबार पानीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै खेल्ने क्रममा बर्षाको कारण जमेको पानीको खाल्डोमा डुबेर गम्भीर घाईते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
