समाचार

डा.गोविन्द केसी यसरी पक्राउ परे

मकवानपुर १६ असार। पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी आज आमरण अनसन बस्नका लागि जुम्ला पुगेका बेला पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आज दिउँसो डा.केसीलाई पक्राउ गरेको विषयमा विभिन्न सञ्चार माध्ययमहरुमा समाचार प्रकाशन भएको छ । स्रोतका अनुसार हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको...

ग्राण्डी अस्पतालमा भर्खरै अवतरणको क्रममा हेलिकोप्टर पल्टियो

मकवानपुर १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्खरै अवतरणका क्रममा हेलिकोप्टर पल्टिएको विभिन्न सञ्चार माध्ययमहरुले भर्खरै समाचार प्रकाशन गरेका छन् । विरामी हेलिकोप्टरमा ल्याउन सहज होस भन्ने उदेश्यले हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर उक्त हेलिप्याडमै हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनाको कारणबारे थप जानकारी...

पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

पोखरा १६ असार । नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीनवर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा विजय राना, समावेशी सचिवमा कमला...

नेपालगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालगञ्ज १६ असार । विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय...

चरिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

चरिकोट १६ असार । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको राससले जनाएको छ । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो । जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही...

हेटौँडामा प्रोजियोकेम कम्पनीका मजदुरहरुको आक्रोश : हामीलाई जबरजस्ती बेरोजगार बनाउन खोजियो (भिडियो)

-बलराम पुडासैनी मकवानपुर १६ असार । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको प्रोजियोकेभ नामक उद्योगले आफ्ना मजदुरहरुलाई अचानक अन्य जिल्लामा सरुवा भई काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजुदुरहरुले उद्योगलाई २ दिने अल्टिमेटम पत्र बुझाएका छन् । मजदुरहरुको संगठन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले हिजो शुक्रबार अल्टिमेटम पत्र कम्पनीमा...

कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक थपलियाको निधन

काठमाडौँ १६ असार । साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षका उमेरमा आज ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ । ‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना भएका थपलियाको असामयिक निधन...

एसइईमा जिपिए ४ ल्याउने बिद्यार्थीले पाए रु १ लाख

मोरङ १६ असार । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र...

घर लिप्ने माटो खन्न जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु

दाङ १६ असार । लमहीमा घर लिप्ने माटो खन्न गएकी एकमहिलाको ढिस्काले पुर्दा मृत्यु भएको छ दाङका सञ्चार माध्ययमहरुले जनाएका छन् । लमही नगरपालिका–६ कमानपुर निवासी ३५ वर्षीया धनकुमारी अधिकारीको माटाको ढिस्काबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

मकवानपुरको मनहरीमा बाल समुह योजना तर्जुमा गोष्ठी

मकवानपुर १६ असार । मकवानपुरको मनहरी गाउँपालिकामा बाल समुह योजना तर्जुमा गोष्ठी गरिएको छ । गाउँपालिकालाई बालमैत्री बनाउने उद्देश्यलाई सहयोग गर्न श्रृजनशील युवा क्लबले कार्यक्रम आयोजना गरेको हो । गाँउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरीका बालक्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।...