समाचार
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ १८ असार । बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट आज एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए । राजमार्ग किनारमा टेण्टभित्र...
वर्षाले पर्खाल भत्काएपछि सुत्केरीसहित ३ जनाको मृत्यु
रोल्पा, १८ असार । अविरल वर्षाका कारण घर माथिको पर्खाल भत्किएर पुरिँदा रोल्पामा आज एक सुत्केरी महिलासहित ३ जनाको ज्यान गएको छ । पर्खालमा पुरिएर रोल्पाको रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला...
बाढी र पहिरोले पृथ्वी राजमार्ग बन्द
धादिङ, १८ असार । दुई दिनको लगातार वर्षापछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । साथै धादिङ जिल्लाको सबै ग्रामिण सडक बन्द भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर – ८, तिकराङमा रहेको ढुंगाखानीबाट पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै धादिङबेसी–सल्यानटार सडक र धादिङबेसी–तिप्लिङ सडकमा...
अमेरिकी कब्जा अन्तरिक्षमा पनि, सुनसान अन्तरिक्षमा अमेरिकी सेना तैनाथ हुने
एजेन्सी, १८ असार । सबै क्षेत्रमा वर्चश्व राख्ने छबि बनाएको अमेरिकाले अब सुनसान अन्तरीक्षमा समेत आफ्नो सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा...
चरम भ्रष्टाचार भएपछि खरिदारले गरे एसपी र सिडियोले खाएको घूसको खुलासा
मकवानपुर १८ असार । भ्रष्टाचारको घटनाहरु पछिल्लो समय निकैनै बढेको विविन्न तत्थ्यहरुले जनाएको छ । साथै भ्रष्टाचारको विरुद्ध आवाज उठाउनेहरु पनि आजभोलि सक्रिय हुन थालेका छन् । जसको एक उदाहरण हुन् जिल्ला प्रशासन कार्यालय काभ्रेका एक खरिदार । उनले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । उनले...
कुमारीत्वको प्रमाणपत्र पाएपछि मात्र बिहे, लोग्नेको जबरजस्ती चुपचाप सहन बाध्य
एजेन्सी, १८ असार । मुस्लिम कानुनलाई संसारमा कडा कानुन भनेर चिन्ने गरिन्छ । कडा ईस्लामिक कानुन भएको देशहरुमध्ये इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । जहाँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र माग्ने गरिन्छ । बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म...
बाढीका कारण माडी–ठोरीको पुल भासियो
चितवन, १८ असार । चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भासिएको छ । आईतबार रातिदेखि परेको अविरल वर्षा र बाढीका कारण पुल भासिएको हो । रौतनी खोलाको पुल भासिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध समेत बनेको छ । बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ ।...
नारायणी नदीमा खतरा, बबई नदीमा पनि जोखिम
काठमाडौँ, १८ असार । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचना शाखाका अनुसार पश्चिम नेपालको नारायणी नदी र बबई नदीमा जोखिम बढेको छ । पानीको सतह बढेसँगै नारायणी नदीको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ । नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए...
बाढीको पूर्व सूचनाका लागि यसो गर्नुहोस्
मकवानपुर, १८ असार । नेपाल सरकार जनसंख्या तथा वातारण मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागले वर्षातका समयमा बाढी पहिरोबाट सजग रहनका लागि विभिन्न फोन नम्बरहरुबाट सूचना पाउन सक्ने व्यवस्था गरेको छ । तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहापाउनुहोस् : –११५५ टोल फ्री नम्बरमा...
बाढीले नेपालगञ्ज डुबायो
बाँके, १८ असार । आईतबार रातिदेखि परेको अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । नेपालगञ्जको न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचित समेत गरेको छ ।...








