पानी ट्यांकीमा डुबेर १ जनाको मृत्यु
भक्तपुर, २९ असार । सूर्यविनायक नगरपालिका–३ बालकोट का २३ वर्षीय सुभाष चौलागार्इं पानी ट्याङ्कीभित्र डुवेर मृत्यु भएको छ । हिजो पानी ट्यांकीभित्र डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको र उपचारकै क्रममा उनको मृत्यू भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।
