देशैभर अझै ३ दिन वर्षाको संभावना : मौषम पूर्वानुमान महाशाखा
काठमाडौँ, २९ असार । देशैभर अझै ३ दिनसम्म पानी पर्ने संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महासाखाको अनुसार मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले देशका विभिन्न स्थानमा अझै ३ दिन वर्षा हुनेछ ।
आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि शनिबार पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ रहेको महाशाखाले जनाएको छ ।
