स्थापना दिवसमा मानव अधिकार एलाइन्स मकवानपुरद्वारा ज्येष्ठ नागरिकलाई सहयोग
मकवानपुर, २९ असार । मानव अधिकार एलाइन्स मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार हेटौँडा १५ चुरियामाईमा रहेको दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
एलाईन्सले स्थापना दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुका साथै एक छाक खानाको समेत व्यवस्था गरेको हो । एलाइन्सका अध्यक्ष तुलसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेतृ मुनु सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

एलाइन्सका संस्थापक अध्यक्ष विष्णु ओझाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा निकेतनका केन्द्रीय अध्यक्ष टि.आर.निरौला, निकेतनकी प्रमुख संरक्षिका सुनिता बाईजी, निकेतनका मकवानपुर अध्यक्ष चम्फु सिं वाईबा, उपाध्यक्ष यादव गजुरेल, नेकपाका विष्णु दाहाल, सुनिल मोक्तान, रघु आचार्य, एलाइन्सका आशाकाजी श्रेष्ठ, कमल विश्वकर्मा लगायतको आतिथ्यता रहेको एलाइन्सका कोषाध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिएका छन् । कार्यक्रम संचालन सचिव शान्ता बरालले गरेकी थिईन् ।
