पहिराले मुग्लीन–नारायणगढ सडक अबरुद्ध बनाएपछि यात्रु अलपत्र

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १५:०३
फाईल फोटो

चितवन २९ असार । विहिबारको अविलल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङडाँडामा शुक्रबार पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोहि बाटो भएर यात्रा गर्ने यात्रुहरु समेत अलपत्र परेका छन् ।

ट्राफिक प्रहरी चितवनको जानकारी अनुसार शुक्रबार बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

स्रोतका अनुसार स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम भईरहेको छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*