मनहरीमा ३ सय जनाको स्वास्थ्य परिक्षण, स्वस्थ रहन गाउँपालिका अध्यक्षको जोड

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १८:१७

मकवानपुर, २९ असार । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँवासीलाई स्वस्थ रहन जोड दिएका छन् । मनहरी गाउँपालिका वडा नम्बर ८ को आयोजनामा आज भएको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले समृद्ध समाज निर्माणका लागि बालकदेखि बृद्धबृद्धासम्मका हरेक नागरीक स्वस्थ हुन आवश्यक रहेको बताएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

हरेक नागरिक स्वस्थ भएमा मात्र विकास निर्माणका हरेक कार्यलाई अगाडि बढाउन सक्ने भन्दै अध्यक्ष उप्रेतीले सरसफाईमा ध्यान दिई आफु र समाजलाई स्वस्थ बनाउनका लागि आग्रह गरे । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाको धेरैं लगानी रहकाले लगानी खेर जान नदिन र स्वास्थ्य संस्थाबाट प्रदान गरेको सेवालाई निःशंकोच प्रयोग गर्न आग्रह गरे ।

पुरानो मेडिकल कलेज भरतपुरको प्राबिधिक सहयोगमा भएको निःशुल्क स्वाथ्य शिबिरमा ८ नम्बर वडाका दलित, जनजाति, अशक्त असहाय गरि ३ सय जनाले आफ्नो स्वाथ्य परिक्षण गरेका छन् । परिक्षणको क्रममा पुरुष तथा ज्येष्ठ नागरिकमा छाला तथा आँखा सम्बन्धि समस्या तथा महिलाहरुमा पाठे घर तथा स्तनको समस्या देखिएको परिक्षणमा सहभागी डाक्टर रिना शाहले जानकारी दिइन् । स्वाथ्य शिविरमा सहभागी बिरामीहरुलाई निशुल्क आँैषधी समेत बितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न शिविर वडा नम्बर ८ का अध्यक्ष दिल बहादुर स्याङ्तानको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नम्बर ८ का सदस्य पुष्कर सुबेदीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*