समाचार

हेटौँडाको प्रोजियोकेम कम्पनीबाट १४ जना मजदुर पक्राउ

–चन्द्र घलान मकवानपुर २० असार । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको प्रोजियोकेम प्रा.लि.बाट १४ जना मजदुरलाई बुधबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उद्योगले मजदुरहरुलाई अचानक अन्य जिल्लामा सरुवा गरी काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजदुरहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत उद्योग परिसरमा धर्ना दिइएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो...

मकवानपुर ४६ औँ पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा, कुनै बालबालिका नछुटेको दाबी

मकवानपुर, २० असार । मकवानपुर पूर्ण खोप सुनिश्चितता भएको जिल्लाका रुपमा घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडामा भएको कार्यक्रममा मकवानपुरलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् । मकवानपुरमा पूर्ण खोप अभियान २०७२ सालबाट सुरु भएको थियो । थाहा नगरपालिकाबाट सुरु भएको...

हेटौँडामा २२ टोल विकास संस्थालाई क्षमता अभिवृद्धि तालिम

मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा २२ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । टोेलविकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजना तथा हेटौडा उपमहानगरपालिकाको सहयोगमा मंगलबार तालिम समापन भएको हो । ११ नम्बर वडामा रहेका...

रात्रिभोजको १० लाख बजेटमा स्थापितको कमेडी–‘रमाईलो गर्न अर्को १० लाख थपौँ’, मुख्यमन्त्रीको आग्रह–‘विरोध नगरीदिनुस्’

मकवानपुर, २० असार । प्रदेश नम्बर ३ को बजेट पारित भइसकेपछि रात्रि भोज गर्न विनियोजन भएको १० लाख बजेटको संसदमा विरोध भएपछि त्यसको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले कमेडी जवाफ दिएका छन् । प्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा...

प्रदेश ३ को बजेट तथा विनियोजन विधेयक बहमतले पारित

हेटौँडा, २० असार । प्रदेश नम्बर ३ सरकारको आगामी आर्थिक बर्ष २०७५–०७६ को विनियोजन विधेयक तथा बजेट बहुमतले पारित भएको छ । प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा बजेट पारित गरिएको हो । प्रदेशसभा बैठकमा कांग्रेस प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई...

नवोदयमा राष्ट्रिय सेवा दल

मकवानपुर, १९ असार । हेटौंडा–४ मा रहेको नवोदय शिुशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल तालिमको पहिलो प्रवचन भएको छ । मङ्गलबार भएको तालिममा गोरख दल सुपारेटारका लेफ्टिनेन्ट कर्नेल सुजित खड्काले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै खड्काले विद्यार्थीको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास, अनुशासित र क्षमतावान् छोराछोरी...

नेवाःताम्सालिङ समन्वय समितिको मकवानपुर संयोजकमा घलान र श्रेष्ठ चयन

मकवानपुर, १९ असार । ‘नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुर’ को मंगलबार गठन गरिएको छ । समितिको संयोजकमा नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलान र नेवाः देय दबु मकवानपुर अध्यक्ष योगेश्वर श्रेष्ठ चयन भएका छन् । आज हेटौँडामा भएको समितिको भेलाले घलान र श्रेष्ठलाई संयोजक तोकेको हो । समितिका...

३ नम्बर प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न मुख्यमन्त्री, कानुन मन्त्री र प्रतिपक्ष दलका नेता सकरात्मक, तर कुरा के मा मिलेन ?

मकवानपुर, १९ असार । प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको विषयलाई पूनः एकपटक ब्युँताइएको छ । प्रदेशसभाले गर्ने निर्णयमा बढी विवाद नगर्ने भनेर अवस्थालाई केही साम्य पारिएता पनि प्रदेश नामाकरण र स्थायी राजधानीका विषयमा ल्याङ–ल्याङ गर्दै संविधानले तोकिए बमोजिमको पहिचानको अधिकारलाई कुल्चने खेल सुरु भएपछि प्रदेश नामाकरण...

प्रेस काउन्सिललाई धरापमा पार्न खोज्नेलाई कारबाही

काठमाडौँ १९ असार । प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताएका छन् । नेपाल पत्रकार महासंघद्वारा सोमबार यहाँ आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै...

दुई वटा मेरुदण्ड भएको अनौठो शिशुुुुको मृत्यु

धनगढी १९ असार । कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको...