जनता माबिका १२ जना बिद्यार्थीलाई बिद्यालय पोषाक सहयोग

तु खबर संवाददाता
२०७५ असार ३१, आईतवार १३:५८

मकवानपुर ३१ असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ सुकौरास्थित जनता मा बिका १२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक वितरण गरीएको छ ।

हेटौंडा १७ हटिया घर भई हाल वेलायत निवासी केशव रुपाखेतीको सहयोगमा उक्त पोषाक बिद्यार्थीहरुलाई हस्तान्तरण गरीएको बिद्यालयका शिक्षक होम नेपालीले जानकारी दिए ।
बिद्यार्थीहरुलाई पोषाक वितरण रुपाखेतीका दाजु एवं कार्यक्रमका विशेष अतिथि बैकुण्ठ रुपाखेतीले गरेका थिए ।

बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको प्रमुख आथित्यतामा भएको कार्यक्रमा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

रुपाखेती हाल योगा ईन्सट्रक्टर, नमस्ते साथी प्रोजेक्ट मार्फत विभिन्न सामाजिक कार्यक्रमा सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*