कञ्चनपुरमा पक्की पुल निर्माण गरिँदै
कञ्चनपुर, ३० असार । कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माणको काम शुरु भएको त्यँहाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।
पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वषौंदेखिको नदी तर्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका प्रमुख मदनसेन वडायकले बताए ।
