समाचार

पुस मै पानीजहाज चलाउने ओलीको सपना कता ? पानी जहाज कुन मन्त्रालयको हुने ?

काठमाडौं, २१ असार । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यस सम्बन्धी विशेष समाचार छापिएको छ । प्रधानमन्त्री ओलीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो ? सरकारलाई पनि थाहा छैन । ऊर्जा तथा जलस्रोतले हो कि पर्यटन तथा...

नेपालको सपनाको पानी जहाजले के बोक्छ ? कहाँ चल्छ ?

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाजको सपनामाथि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । सरकारले कोसी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेटमा गरेको छ । बजेटलाई आधार मान्ने हो भने अध्ययन गर्न मात्रै एक वर्ष...

नेपाललाई समुन्द्र जोड्ने सम्भावित बाटो यस्तो छ

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको जहाजको सपनालाई मुर्तरुप दिने ठोस योजना अघि सारिएको छैन तर पनि नेपाललाई समुन्द्रमा जोड्ने विभिन्न माध्यमहरुको खोज अनुमान गरिएको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समेत यही विषयमा समाचार छापिएको छ । कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना...

डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक

जुम्ला, २१ असार । विभिन्न माग राखी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन...

छाउगोठमा सुतिरहेकी किशोरीमाथि सामुहिक बलात्कार

सुर्खेत, २१ असार । महिनाबारीका समयमा घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएको खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर...

बाँध भत्किएपछि झापामा बस्ती जोगाउनै मुस्किल

झापा, २१ असार । बर्षातको सुरुवातमै बाँध भत्किएपछि झापाको कमला गाउँपालिका–२ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन मुस्किल परेको खबर आजको कान्तिपुर दैनिकमा छ । स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ । गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्किएको हो...

हेटौँडाबाट पक्राउ परेका १४ मजदुर रिहा

मकवानपुर, २० असार । मकवानपुरको प्रोजियोकेम प्रा.लि.मा आन्दोलन गरेको भन्दै पक्राउ गरिएका १४ जना मजदुर रिहा भएका छन् । उद्योगले मजदुरहरुलाई अन्य जिल्लामा सरुवा गरी काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजदुरहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत उद्योग परिसरमा धर्ना दिएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

मनहरीमा ३ दिने नमुना युवा संसद शुरु

मकवानपुर, २० असार । मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम बुधबारदेखि शुरु भएको छ । तीन दिने कार्यक्रमको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुधबार मनहरीमा उद्घाटन गरेका हुन् । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय...

चुनाव भएको ७ महिनापछि जलाइयो मतपत्र

खोटाङ, २० असार । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएको ७ महिनापछि खोटाङमा मतपत्र जलाइएको छ । २०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा उपयोग गरिएका मतपत्र, मुचुल्का, मतदाता नामावलीलगायतका कागजात जलाएर धुलाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । दिक्तेलस्थित पूर्वाञ्चल सिंचाइ सब–डिभिजन कार्यालयको...

प्रदेश चारको नाम ‘गण्डकी’ नै रहने पक्का

कास्की, २० असार । प्रदेशको नाम बारे विवाद भएता पनि अन्ततः प्रदेश ४ को नाम ‘गण्डकी’ नै रहने पक्का भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो । नेकपाभित्रै प्रदेशको नामबारे विवाद भएपछि मंगलबार विशेष प्राविधिक कारण...