समाचार

मन्त्री स्थापित र लामा पदमपोखरीको स्थलगत भ्रमणमा, एयरपोर्ट र भ्यू टावर बन्ने सम्भावित क्षेत्रको अवलोकन

–चन्द्र घलान हेटौँडा, २१ असार । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को पदमपोखरी क्षेत्रमा स्थलगत भ्रमण गरेका छन् । केही समयअघि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा...

वडा प्रहरीले गर्यो भुटनदेवी मन्दिरको सरसफार्इ

मकवानपुर २१ असार । मकवानपुरको हेटौंडामा प्रहरीले सरसफाई गरेको छ । वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराको आयोजनामा टोलटोलमा प्रहरी भन्ने नारा सहित भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज...

प्रदेश राजधानी हेटौंडाको यस्तो हविगत !

बलराम पुडासैनी मकवानपुर २१ असार । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा सवारी पार्किङ अस्तव्यस्त छ । साँधुरो सडक तर सवारी संङख्या दिनदिनै बढ्दै गएपछि हेटौंडाका विभिन्न स्थानमा सडकनै ढाक्नेगरी सवारी रोकीएका दृश्य देखिन थालेका छन् । सर्वसाधारणलाई सास्ती त छदैं छ , ट्राफिक प्रहरी समेत आजभोली मोटरसाईकलको हेल्मेट उठाउने...

इमाडोल नरपालिकामा खानेपानी योजना शुरु

ललितपुर, २१ असार । महालक्ष्मी नगरपालिकामा झण्डै चार वटा वडालाई लक्षित गरेर खानेपानी बृहत् योजना शुरु भएको छ । गोदावरी खोलाको पानी ठूलो ट्याङ्की बनाएर संकलन गर्ने र त्यहीँबाट घरघरमा वितरण गर्ने योजना रहेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष छिरिङ शेर्पाले बताएका छन् । झण्डै पाँच महिनामा काम...

बालिका हत्यामा संलग्न मन्सुरी पक्राउ

बनेपा २१ असार । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९÷१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो ।...

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

लहान, २१ असार । सिरहा प्रहरीले लहान नगरपालिका वडा नम्बर ५ मा आज ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ । अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर अवैध घरेलु...

मोरङमा बसको ठक्करबाट दुईको मृत्यु

मोरङ २१ असार । मोरङको बेलबारी नगरपालिका–३ पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको राससले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ६४३५ नंको बसले विपरीत दिशातर्पm जाँदै गरेको को२७प ४१६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी–१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ...

१२ कार्टुन चुरोट र २६ वटा गोरु नियन्त्रण

इलाम, २१ असार । अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले इलामको सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट चुरोट बरामद गरेको हो । त्यस्तै, गत असार १८ गते राति सोही नगरपालिकाको वडा नम्बर ३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप...

वर्षाका कारण ढुवानी रोकिएपछि डिजेल र पेट्रोलको अभाव

तेह्रथुम, २१ असार । वर्षातका कारण सडक हिलाम्मे भएर ढुवानीमा समस्या भएपछि तेह्रथुममा डिजेल र पेट्रोलको अभाव बढेको छ । वसन्तपुर–म्याङलुङ सडकखण्ड हिलाम्मे भएर पेट्रोलियम पदार्थ ढुवानीमा समस्या भएकाले अभाव भएको व्यवसायीले बताएका छन् । पेट्रोल पम्पमा नै पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारीसमेत भइरहेको बताइएको छ...

गरिबी निवारणका लागि नुवाकोटमा १० करोड

नुवाकोट, २१ असार । नुवाकोटमा गरिबी निवारणका लागि करीब १० करोड लगानी भएको छ । गरिबी निवारण कोषमार्फत लगानी गरिएको हो । विसं २०७१ चैतदेखि जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत नौ करोड...