रोकी राखेको जीप ब्याक भएर दुर्घटना हुँदा एकको मृत्यू
प्युठान, ३२ असार । प्युठान जिल्लाको गौमुखी गाउँपालिका ७ नारिकोटमा आइतवार साँझ रोकी राखेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो । उनको नारिकोट स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
रोकिराखेको जीप एक्कासी व्याक भएपछि दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया प्रियंका थापा मगर घाईते भएका छन् ।
