समाचार
कामै नगरी तलब बुझ्दै डाक्टर
काठमाडौँ, २२ असार । काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको चिकित्सालयमा चिकित्सकहरु दैनिक रुपमा नआए पनि तलब बुझ्ने गरेका हुन् । चिकित्सालयमा २०५० सम्म सरकारी दरबन्दीका डाक्टर, नर्स, मुखिया, खरदार, कार्यालय सहयोगी र...
प्रदेश ३ मा प्रदेशसभा नियमावली–२०७४ संशोधन मस्यौदा समिति गठन
मकवानपुर, २२ असार । ३ नम्बर प्रदेशको विहीबारको बैठकले प्रदेशसभा नियमावली–२०७४ संशोधन मस्यौदा समिति गठन गरेको छ । समितिमा कञ्चन खनाल, केशवराज पाण्डे, मीना ज्ञवाली, रमेश पौड्याल, रामेश्वर फुयाँल, राधा घले र सुरेन्द्रराज गोसाईं रहेका छन् । समितिको म्याद १५ दिन रहने बताइएको छ । सार्वजनिक महत्वको प्रस्ताव दर्ता...
प्रदेश ३ को आर्थिक विधेयक पारित
हेटौँडा,२२ असार । प्रदेश नम्बर ३ को प्रदेश सभामा पेश गरिएको आर्थिक वर्ष २०७५–०७६ को आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ । बिहीबार हेटौँडामा बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको आर्थिक वर्ष २०७५–०७६ को आर्थिक विधेयक पारित गरेको हो । विधेयकमाथि १२...
बैतडीका अस्पतालमा बिरामीको चाप बढ्दै
बैतडी, २२ असार । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ,...
बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा
इनरुवा, २२ असार । अविरल बर्षाको कारण सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा...
भिमफेदी गाउँपालिकाको सूचना अब डिजिटल बोर्डमा
भिमफेदी, २२ असार । मकवानपुरको भिमफेदी गाउँपालिकामा सुचना प्रवाह गर्न डिजिटल बोर्ड जडान गरिएको छ । गाउँपालिकाको सबै प्रकारका सुचनाहरु डिजिटल बोर्डमा राखेर गाउँपालिकाबासीहरुलाई सहज बनाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । प्राविधिक शाखाले गाउँपालिकाको सम्पूर्ण सुचना डिजिटल मेसिनबाटै प्रशारण गरेको प्रमुख प्रशासकिय अधिकृत जीवन कुवँरले बताए ।...
म्याग्दीको शिशुकल्याण माविमा छात्रावास निर्माण
म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको राससले जनाएको छ । गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो । वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र...
राप्तीरोडमा पार्किङ रोक्न पाईन्न–मउवा संघ
हेटौँडा, २२ असार । हेटौँडा उपमहानगरपालिकाले राप्तीरोड क्षेत्रमा पार्किङ निषेध गरिएपछि मकवानपुर उधोग बाणिज्य संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष कृष्ण कटुवालले बिहीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै विभिन्न बिकल्प हुँदाहँुदै पनि राप्तीरोडलाई पार्किङ निषेध गर्नु नगरपालिकाको गलत निर्णय भएको उल्लेख गरिएको छ । पार्किङको उचित ब्यवस्थापनका लागि...
प्रहरीद्वारा मानवअधिकार शाखाको स्थापना
काठमाडौँ, २२ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको बताएका छन् । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा उनले नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा...
हेर्नैपर्ने भिडियो–केपी ओली सरकारको विरुद्धमा बानियाँको कडा टिप्पणी
मकवानपुर, २१ असार । काँग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखहरुको पद खोसिनु भनेको सरकारको दम्भ भएको आरोप लगाएका छन् । आज प्रदेश नम्बर ३ को प्रदेशसभामा बोल्दै उनले नेपाली काँग्रेसले हिजोका दिनमा मानवताका हिसाबले सबै कुरा त्यागेर शान्ति सम्झौतामा आएको स्मरण गरे । उनले...










