वन, शिक्षा कार्यालयदेखि जिल्ला अस्पतालसम्मको ३२ हजार सरकारी कर्मचारीको जागिर चैट
मकवानपुर, ०१ साउन । सरकारले आजदेखि देशका १८ वटा सरकारी कार्यालयहरु खारेज भएको घोषणा गरेसँगै ती कार्यालयहरुमा काम गर्ने करिब ३२ हजार सरकारी कर्मचारीहरुको जागिर सकिएको छ ।
सरकारी कार्यालयमा करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीले आजबाट अवकाश पाएका हुन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि उनीहरुको जागिर गएको हो ।
आजदे जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला बाल कल्याण समिति, शान्ति समिति, जिल्ला सहकारी कार्यालय, भू–संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला अस्पताल, जिल्ला सिँचाइ कार्यालय, जिल्ला खानेपानी कार्यालय, सहरी विकास डिभिजन कार्यालय र जिल्ला खेलकुद विकास समितिमा ज्यालादारी र करारमा काम गर्ने कर्मचारीहरुको जागिर सकिएको हो ।
