समाचार

मजदुरहरुको बृहत भेला मकवानपुरमा

मकवानपुर २३ असार । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल जिल्ला कमिटी र स्वरोजगार कमिटीको संयुक्त आयोजनामा बृहत भेला आज शनिवार सम्पन्न भएको छ । मकवानपुर जिल्ला स्वरोजगार कमिटीका अध्यक्ष हरी ढुगाँनाको अध्यक्षता तथा क्युपेक नेपालका केन्द्रीय कमिटीका उपाध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...

युवा समाजसेवीद्वारा ससस्त्र प्रहरी बेस क्याम्प मकवानपुरलाई फ्रिज सहयोग

मकवानपुर २३ असार । मकवानपुरका युवा समाजसेवी बुद्धराज अर्याल र रामकुमार तिमल्सिनाले ससस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेस मकवानपुरलाई एक थान रेफ्रिजेरेटर (फ्रिज) सहयोग गरेका छन् । २० हजार ५ सय रुपैँया मुल्यपर्ने साथै ५ बर्ष वारेन्टी भएको फ्रिज आज एक कार्यक्रमकाबिच सहयोग गरेका हुन् । समाजसेवीहरुले ससस्त्र...

झापाको अलकत्रा उद्योगमा युवा संघले लगायो ताला

झापा, २३ असार । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको राससले जनाएको छ । युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही...

मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सम्पन्न

मकवानपुर २३ असार । पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम शुक्रबार सकिएको छ । बुधबारदेखि शुरु भएको तीन दिने कार्यक्रमको नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै सम्पन्न गरिएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला...

मकवानपुरको ईन्द्रसरोवरमा दुई बालकको डुबेर मृत्यु

मकवानपुर २३ असार । मकवानपुरको ईन्द्रसरोवरमा हिजो शुक्रबार साँझ दुई बालकको डुबेर मृत्यू भएको छ । इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीमा रहेको इन्द्रसरोवर तालमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका १२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ...

महोत्तरीमा ट्र्याक्टरमा चेपिएर चालकको मृत्यु

महोत्तरी २३ असार । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफँैले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । गए राति ८ः३० बजे मनरासिस्वाँ–६ बस्ने विनोद...

गौमुलमा रुखले च्यापेर दुई मजदूरको मृत्यु

बाजुरा २३ असार । गौमुलगाउँपालिका ३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए । मृत्यु हुनेमा सोही...

‘बाबुकान्छा’ लाई लिएर चलचित्र युनिट हेटौँडा

मकवानपुर, २२ असार । नेपाली कथानक चलचित्र ‘बाबुकान्छा’ युनिट प्रचारप्रसारका क्रममा आज हेटौँडामा आइपुगेको छ । आउँदो असार २९ गतेबाट देशभर प्रर्दशनमा आउने चलचित्रले युवाहरुको प्रेमको कथा बोकेको बताइएको छ । युवा अवस्थामा हुने प्रेमका कारण पर्ने प्रभावको विषयमा निर्माण गरिएको चलचित्रले दर्शकलाई पूर्णरुपमा मनोरञ्जन दिने चलचित्रका नायक सलोन...

विप्लव माओवादीका दुई नेता छाडे पार्टी

हेटौडा, २२ असार ।  नेकपा (विप्लव) नेतृत्वको पार्टीमा मकवानपुरको सचिवालय सदस्यको जिम्मेवारी रहेका मनहरी गाउँपालिका वडा न. ३ का सुरेन्द्र घलान र सोही जिम्मेवारीमा रहेका हेटौडा उपमहानगरपालिका वडा न. १९ का विज्ञान स्याङतानले आजको मितिबाट पार्टीका सबै जिम्मेवारी परित्याग गरी साधरण सदस्य समेत नरहनेगरी स्वतन्त्र रहेको एक विज्ञप्ति मार्फत सार्वजनिक...

‘नो पार्किङ’ मा मउवासंघ र हेटौँडा उपमहानगरपालिकाको जुहारी, ट्राफिक प्रहरी र सवारी चालक ट्वाँ

हेटौँडा, २२ असार । हेटौँडा बजारको मुख्य क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाले एकोहोरो रुपमा ‘नो पार्किङ जोन’ घोषणा गरेपछि मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच जुहारी चलेको छ । व्यवसायीको हितमा लागेको संघ र एकल निर्णयमा पुगेको उपमहागरपालिका मध्ये व्यवसायी भने संघकै पक्षमा देखिएका छन् । संघले विज्ञप्ति निकालेर उपमहानगरको...