हेटौँडामा विद्यार्थी आन्दोलन–तालाबन्दीदेखि टायर जलाउने सम्म

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १३:३५

मकवानपुर, ०२ साउन । मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलनमा विद्यार्थीहरुले टायर समेत जलाएका छन् । तालाबन्दीबाट सुरु भएको आन्दोलन टायर जलाउनेसम्म पुगेको हो ।

केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको क्यापसले आर्थिक चलखेलको आधारमा नीजि सस्थालाई नयाँ कलेजको लागि सम्वन्धन दिन लागेको आरोप लाउँदै विद्यार्थीहरुले मंगलबार कलेज परिसरमा टायर बालेर विरोध जनाएका हुन् ।

गएको असार २७ गते डिनको कार्यालय सहितको प्रशासन शाखामा तालाबन्दी गर्नुका साथै क्याम्पस समेत घेराउ गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*