हेटौँडा बजारका सुमो काउन्टरलाई रोपवेको खाली जग्गामा सारिने

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १५:१९
file photo

हेटौँडा, ०२ साउन । हेटौँडा बजार क्षेत्र भित्र यत्रतत्र छरिएर रहेका सुमो काउण्टरहरुलाई हेटौँडा १ चौकी टोलमा रहेको पुरानो रोपवेको खाली जग्गामा सारिने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा संचालनमा रहेका सुमो काउन्टरहरुलाई एकै स्थानबाट व्यवस्थित रुपमा संचालन गरिने जनाएको छ ।

उपमहानगरपालिकाले व्यक्तिगत घरमा रहेका सुमो काउन्टरलाई साउन मसान्तसम्म र बसपार्कमा अवस्थित नगरपालिकामा रहेका सुमो काउन्टरहरुलाई १५ दिनभित्रमा तोकिएको स्थानबाट संचालनमा आउन सुचित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*