समाचार
हेटौँडा उपमहानगरको निर्णय विरुद्ध उत्रिए राप्तीरोडका व्यवसायी
हेटौँडा, २२ असार । हेटौँडा उपमहानगरपालिकाले बिना परामर्श एक्कासी राप्तीरोडमा पार्किङ निषेध गरेपछि त्यसको विरोधमा राप्तीरोडका व्यवसायीहरुले शुक्रबार पसल बन्द गरेका छन् । हेटौँडामा सवारी चाप अत्याधिक बढेको भन्दै हेटौँडा उपमहानगरपालिकाको एकोहोरो निर्णयमा राप्तीरोडलाई ‘नो पार्किङ जोन’ बनाएको थियो । उक्त क्षेत्रमा अत्यावश्यक मेडिकलहरु समेत रहेको भन्दै मकवानपुर उद्योग...
मकवानपुरको जनतामा माबिमा विषयगत हाजिरि जवाफ प्रतियोगिता
मकवानपुर २२ असार । मकवानपुरको जनतामा माबिमा आज विषयगत हाजिरि जवाफ प्रतियोगितामा संचालन गरीएको छ । प्रतियोगितामा अञ्जु रुम्बा र रबिन्द्र रम्बाको समुह प्रथम भएका छन् । त्यसैगरी मनिस स्याङतान र सुश्रीता थिङको समुह दोस्रो अनि मिलन स्याङतान र सुनिता लोको समुह तेस्रो भएको विषय शिक्षक होमबहादुर नेपालीले जानकारी...
शुक्रबार विनिमय दर बढ्यो
काठमाडौँ, २२ असार । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको विनिमय दर बढेको छ । आज तोकिएको दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा...
माईक्रोबस दुर्घटना हुँदा १७ जना घाईते
धनकुटा, २२ असार । धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते भएका छन् । धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को.१ ख्. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्...
रेखाले गरिन् छविराज र नायिका शिल्पा पोखरेलको विवाहको खुलासा
काठमाडौँ, २२ असार । लामो समयदेखि प्रेममा रहेको चर्चामा रहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच २ वर्षअघि नै विवाह भएको नायिका रेखा थापाले खुलासा गरेकी छिन् । रेखाले एक स्मारिकामा लेख लेख्दै उक्त खुलासा गरेकी हुन् । उनले भनिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम...
किशोरहरु पाकेटमार र लागुऔषध बिक्रीमा प्रयोग हुँदै
काठमाडौँ, २२ असार । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा किशोरहरुको प्रयोग बढी हुँदै गएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ समातिएका ५ मध्ये ३ जना किशोर रहेका छन् ।...
ऋणमा डुब्दै नेपाल वायुसेवा निगम, ऐन मिच्दै विमान किन्दै
काठमाडौँ, २२ असार । नेपाल वायुसेवा निगमले ऐन मिच्दै विमान किन्दै गर्दै झन–झन ऋणमा डुब्न थालेको छ । निगमले सार्वजनिक खरिद ऐन– २०६३ लाई लत्याउँदै पुनः ६ वटा साना विमान खरिदको तयारी गरेको हो । विमान खरिद प्रक्रियाका क्रममा पटक–पटक विवादमा फस्ने गरेको निगमले नेपालका दुर्गम स्थानहरूमा उडान भर्नेगरी...
शिशु हत्याको अभियोगमा १९ वर्षीया किशोरीलाई जन्मकैद
जाजरकोट, २२ असार । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा जाजरकोटको नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत जाजरकोटका जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित उनलाई जन्मकैदको सजाय सुनाएको हो ।...
प्रदेश प्रमुख हटाउने निर्णयमा वाम सरकारको खुट्टा काम्यो
काठमाडौँ, २२ असार । प्रदेश प्रमुख हटाउने आफ्नो निर्णयबाट सरकार तत्कालका लागि पछाडि हट्ने संकेत देखिएको छ । प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । प्रदेश प्रमुखलाई हटाउँदा प्रदेश संसद् र प्रदेश सरकारको वैधानिकतामाथि समेत प्रश्न उठ्ने भएपछि सरकार पछाडि हटेको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले सत्तापक्ष र...
प्रतिनिधिसभा कामबिहिन बन्दै
काठमाडौँ, २२ असार । सरकारले मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदमा पेश गर्न ढिलाइ गर्दा प्रतिनिधिसभा कामविहीन भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । मौलिक हक कार्यान्वयन गर्ने एक सय विधेयक आउँदो असोज २ भित्र बनाइसक्नुपर्ने भए पनि सरकारले चासो नदिँदा संसद कामविहिन भएको संसद सचिवालयले जानकारी दिएको छ...









