धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
मकवानपुर १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।
सुब्बाको मंगलबार दिउँसो निधन भएको काठमाण्डौका सञ्चारमाध्ययमहरुले जनाएका छन् । उनी करिब १० दिन अघिदेखि छातिमा ईन्फेक्सन भएको कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत थिए ।
मृगौला प्रत्यारोपण समेत गरेका सुब्बाको शारीरिक अवस्था पहिल्यै देखिनै कमजोर रहेको अस्पताल स्रोतले जनाएको छ ।
२०२३ सालमा तेह्रथुमको खाम्लालुङमामा जन्मिएका सुब्बा स्थानीय तहको निर्वाचमा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
