गाँजा मुद्धामा मनहरीकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १२:१५
तस्बिर–गुगल

मकवानपुर, ०२ साउन । गाँजा मुद्धामा गएको असार ३२ गते दिउँसो पक्राउ परेकी मनहरी गाउँपालिकाकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४५ की ज्ञानुमाया मोक्तानलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको हो । उक्त समया जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले सवारी चालकहरु तथा अन्य सेवनकर्ताहरु लागुऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने बिषेश सुचनाको आधारमा मनहरी गाउँपालिका–९ स्थित सडक खण्डमा उनलाई पक्राउ गरेको थियो ।

ज्ञानुले बोकेको हरियो प्लास्टिकको जेब्रा झोलामा रातो प्लास्टिकमा सेतो कागजको पुरियाभित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १ के.जी. ५४० ग्राम फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*